विभिन्न हातहतियार सहित पक्राउ

विभिन्न हातहतियार सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १६, २०७७

भोजपुर । पौवादुम्मा गाउँपालिका(१ हिलेभन्ज्याङ बस्ने ३० वर्षीय मिलन राईलाई विभिन्न हातहतियार सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट १ थान भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, ३ सय ग्राम फलामको टुक्रा, १ थान केफ पट्का ५ वटा पोईन्ट भएको टुक्रा र १ थान लाईटर, बरामद भएको छ ।

जंगलमा हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।