हाँसोका बारेमा सात रोचक तथ्य (फोटो फिचर)

हाँसोका बारेमा सात रोचक तथ्य (फोटो फिचर)

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २२, २०७५

हामी सानो छँदा हाम्रो सम्पूर्ण दिन हाँस्न खेल्नमै बित्थ्यो । तर, उमेरसँगै ठूलो हुन थालेपछि जिम्मेवारी र भविष्यको चिन्ताले सताउन थाल्यो । यसले हाम्रो मुहारको हाँसो र मुस्कान विस्तारै हराउन थाल्यो ।

हाँसो तथा मुस्कानसँग सम्बन्धित रोचक तथ्य यस्ता छन् ।

१.तपाई मान्नुस या नमान्नुस हाँसो एक प्रकारको विज्ञान हो । हाँसोको विज्ञान तथा यसले हाम्रो शरीरमा पार्ने प्रभावलाई जेलोटोलोजी भनिन्छ ।

 

२.काउबुजी लगाउँदा मान्छे मात्रै होइन मुसा पनि हाँस्छ ।

३. हाँस्नका लागि १७ मांसपेशिको आवश्यक्ता हुन्छ भने रिसाउनका लागि ४३ मांसपेशिको आवश्यक्ता पर्छ । 

४.एक्लै हुँदा मान्छे तीस प्रतिशत कम हाँस्ने गर्छ । 

५.तपाईँको दिमागले नक्क्ली हाँसोलाई सजिलै छुट्टायाउँछ जसलाई प्लास्टिक स्माइल भनिन्छ । 

६.सामान्यतया मानिस एक दिनमा करिव १३ पटक हाँस्ने गर्छ ।  

७. हाँसोले हाम्रो रक्त प्रवाहमा २२ ले वृद्धि गर्छ भने तनावले रक्त संचारमा ३५ प्रतिशत कमि ल्याउने गर्छ ।