वैज्ञानिकले बनाए कृत्रिम गर्भाशय

वैज्ञानिकले बनाए कृत्रिम गर्भाशय

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

तपाईं हामीले सुनेका छौं, कयौं पटक समयअघि बच्चा जन्मिन्छन् । यस्ता बच्चाको हेरचाह गर्नु अत्यन्त जटिल हुन्छ । यस नयाँ खोजले परिपक्क जन्मिएका शिशुलाई बचाउन मद्दत पुग्नेछ । 

टोकियो, पिटिआई । विश्वमा पहिलो पटक वैज्ञानिकले बाख्राको अपरिपक्क भ्रूणलाई कृत्रिम गर्भासयमा हुर्काएका छन् । वैज्ञानिक यस खोजलाई लिएर उत्साहित बनेका छन् । यस कृत्रिम गर्भाशयमा भ्रूणलाई आमाको गर्भजस्तै हुर्कने वातावरण रहेको हुन्छ । वैज्ञानिकका अनुसार अब मानिसका बच्चालाई पनि कृत्रिम गर्भाशयमा हुर्काउन सक्ने सम्भावना देखिएको छ । 

अमेरिकन जर्नल अफ आब्सटेट्रिक्स एण्ड गाइनोलोजीमा प्रकाशित रिपोर्टमा भनिएको छ– एउटा कृत्रिम प्लेसेन्टा (एबिअभलतब) त्यो अस्थायी अंग, जसका माध्यमले आमाको शरीरबाट भ्रूणसम्म पोषण पुग्छ) आधारित ‘लाइफ सपोर्ट सिस्टम’मा बाख्राको अपरिपक्क भ्रूणलाई हुर्काउने सफलता पाइएको छ । यस भ्रूणको मानिस भ्रूणसँग तुलना गर्दा झण्डै २४ साताको भ्रूण बराबरी हुन आउँछ । 

जापानको तोहोकु युनिभर्सिटीका एसोसियट प्रोफेसर मैट केम्पले भने– शीघ्र नै यो प्रविधिले मानिसका भ्रूणलाई पनि स्याहार गर्न सक्ने उपलब्धि प्राप्त हुन्छ । 

हुनत केही दशकदेखि अपरिपक्क मानव शिशु जन्मिने क्रममा ह्रास आउँदै गएको छ । तर, केही मात्रामा यो अझै यथावत छ । यस प्रविधिले जन्मिने अपरिपक्क शिशुलाई आमाको गर्भजस्तै वातावरण र पोषण प्राप्त हुनेछ । कालान्तरमा यस प्रविधिको दुरुपयोग हुने सम्भावना छ ।