मातृशिशु मितेरी हस्पिटलमा पनि  प्रभु बैंकको काउण्टर सञ्चालनमा

मातृशिशु मितेरी हस्पिटलमा पनि  प्रभु बैंकको काउण्टर सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १८, २०७७

कास्की । कास्की जिल्लास्थित पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लि. ले   २०७७ कार्तिक १७ गते साेमबारदेखि आफ्नो  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । 

मातृशिशु मितेरी हस्पिटल परिसरमा  सञ्चालनमा ल्याएको एक्स्टेन्सन काउण्टर  गण्डकी प्रदेशका प्रदेश सभासद माननिय कृष्णबहादुर थापाले एक समारोहका विच प्रभु बैंक लि. मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको थियो । 

मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टरबाट विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने  व्यवस्था गरेको समेत जनाइएकाे छ । 

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात्  मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्‍याउने विश्वास प्रभु बैंकले  लिएको जनाएकाे छ । 

प्रभु बैंकले  दिएकाे जानकारी अनुसार २०७७ कार्तिक १७ गते साेमबारसम्ममा २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम,  ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।