आज अमेरिकामा निर्वाचन: यस्ता छन् ‘इलेक्सन डे’ देखि ‘इनागुरेसन डे’ सम्मका तथ्य

आज अमेरिकामा निर्वाचन: यस्ता छन् ‘इलेक्सन डे’ देखि ‘इनागुरेसन डे’ सम्मका तथ्य

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक १८, २०७७

संसारकै शक्तिशाली राष्ट्र अमेरिकामा आज आगामी चार वर्षे कार्यकालका लागि राष्ट्रपतीय निर्वाचन हुँदैछ । हरेक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार हुने ‘इलेक्सन डे’ मा यसपटक परम्परावादी रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुभवी डेमोक्रे्याट नेता तथा पूर्व उपराष्ट्रपति जो बाइडनको सामना गर्दैछन् । 

यो निर्वाचनमा निर्णायक मानिने ८ वटा राज्यमध्ये ६ वटा जो बाइडेन बलिया देखिएका छन् । यी राज्यमा अघिल्लो निर्वाचनमा ट्रम्पले जित हासिल गरेका थिए । फ्लोरिडा, पेन्सिलभानिया, मिशिगन, एरिजोना, नर्थ क्यारोलिना, इओवा, विस्कन्सिनजस्ता राज्यमा बाइडेन अघि देखिएका छन् भने ओहियोमा ट्रम्पको पकड कायमै देखिन्छ । 

सन् २०१६ मा ट्रम्पले जितेका ‘ब्याटल ग्राउन्ड’ मानिने फ्लोरिडा, जर्जिया, इओवा, मिशिगन, नर्थ क्यारोलिना, पेन्सिलभानिया, विस्कन्सिनमा बाइडेन फराकिलो अन्तरले अघि देखिएका छन् । टेक्सास र एरिजोनामा ट्रम्पको पकड अझै कायम देखिएको छ । यद्यपि यी राज्यमा बाइडेनसँग कडा प्रतिस्पर्धा देखिएको छ । यसपटकका मत सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा करिब १० प्रतिशतले अगाडि देखिएका छन् । 

विश्वकै शक्तिशाली देश भएका कारण अमेरिकाले लिने हरेक निर्णयले अमेरिका र अन्य देशमा समेत ठूलो असर पर्छ । त्यसैले संसारको लामो र झन्झटिलो अमेरिकी राष्ट्रपतिको निर्वाचनमा संसारभरको चासो देखिन्छ । अन्य राजनीतिक पार्टीहरु पनि अस्तित्वमा रहेपनि रिपब्लिकन र डेमोक्रेट पार्टीबीच नै मुख्य प्रतिस्पर्धा हुन्छ भने यी दुई पार्टीबाट नै राष्ट्रपति निर्वाचित हुन्छन् । 

नयाँ राष्ट्रपति निर्वाचित हुनेले आगामी सन् २०२१ को २० जनवरीमा ‘इनागुरेशन डे’ का दिन राष्ट्रपतिको शपथ लिन्छन् । बाइडेन निर्वाचित भएका उनले आफ्नो सरकारका सदस्यहरू नियुक्त गर्न र योजनाहरू बनाउन यो संक्रमणकालीन समयलाई उपयोग गर्न पाउनेछन् । राजधानी वाशिङ्टन डीसीस्थित क्यापिटल भनिने संघीय संसद् भवनबाहिरको विशाल भर्‍याङका खुड्किलाहरूमा शपथ समारोह आयोजना गरिन्छ । 

बाइडन एक अनुभवी राजनीतिज्ञ हुन् । उनी बाराक ओबामाको कार्यकालमा आठ वर्ष उपराष्ट्रपति भए । यसवर्ष राष्ट्रपति पदका उम्मेदवार ट्रम्प ७४ वर्ष र बाइडन ७८ वर्षका छन् । 

यसरी छानिन्छ विजेता

अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुवै उम्मेदवारले सबैभन्दा धेरै इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलको सबैभन्दा बढी मत ल्याउनका लागि प्रतिस्पर्धा गर्छन् । अमेरिकाको प्रत्येक राज्यमा इलेक्टोरल कलेज मत निर्धारण गरिएको छ । जम्मा ५३८ वटा इलेक्टोरल कलेज मत रहेको अमेरिकामा जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ त्यही उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन्छ । 

यसको अर्थ मतदाताले राज्यमा इलेक्टोरल कलेजका लागि मतदान गर्छन् । सोही कारण अमेरिकामा राष्टयसको अर्थ मतदाताले राज्यमा इलेक्टोरल कलेजका लागि मतदान गर्छन् । सोही कारण अमेरिकामा राष्ट्रव्यापी रुपमा बढी मत प्राप्त गरेपनि राष्ट्रपतिमा निर्वाचित हुन इलेक्टोरल कलेजमा नै जित हात पार्नुपर्छ । 

सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पले भन्दा बढी मत ल्याएकी थिइन् । तर उनी राष्ट्रपति बन्न सकिनन् । अमेरिकाका ५० मध्ये ४८ राज्यमा जसले जित्यो त्यहाँको सबै इलेक्टोरल कलेज मत उसैको हुने प्रावधान छ ।

त्यसैले अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका पकड भएका निश्चित राज्यभन्दा दुवै पार्टीले जित हासिल गर्नसक्ने र मतदाताको मत परिवर्तन भइरहने राज्यमा चुनाव प्रचार केन्द्रीत हुन्छ । यस्ता राज्यहरूलाई ‘ब्याटल ग्राउन्ड स्टेट्स’ भनिन्छ । 

राष्ट्रपतिको मात्रै निर्वाचन होइन

राष्ट्रपतिको निर्वाचन भनिएपनि यसले एक जनालाई राष्ट्रपति मात्रै निर्वाचित नगरेर अमेरिकी संसदको सदस्य समेत निर्वाचित हुन्छन् । तल्लो सदन हाउस अफ रिप्रिजेटेन्टिभ्समा डेमोक्रे्याटहरूको बहुमत रहेको छ । त्यसैले तल्लो सदनको बहुमत कायमै राखेर माथिल्लो सदन ‘सिनेट’ मा पनि आफ्नो पकड बलियो बनाउने अभियानमा डेमोक्रयाटहरु छन् । 

संसद्को दुवै सदनमा बहुमत भएमा डोनल्ड ट्रम्प पुनः निर्वाचित भएपनि उनका योजनामाथि नियन्त्रण कायम गर्न सक्छन् । यो वर्ष तल्लो सदनमा सबै ४३५ स्थानका लागि र सिनेटको ३३ स्थानका लागि पनि मतदान हुनेछ । 

निर्वाचन परिणाम

मतदानका बेला खसेको प्रत्येक मत गन्नका लागि केही दिन समय लागेपनि मतदान सकिएको रातिदेखि भोलिपल्ट बिहानसम्ममा को विजयी हुन्छ भन्ने स्पष्ट भइसक्छ । अघिल्लो निर्वाचनमा मतगणना छिटो भएपनि यस वर्ष हुलाकबाट मतदान गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएकाले अन्तिम मतपरिणाम आउन केही दिन ढिला हुनसक्छ । सन् २००० मा मतदान सकिएको १ महिनापछि सर्वोच्च अदालतको फैसलापछि मात्रै निर्वाचनको विजेता घोषणा भएको थियो ।

नयाँ राष्ट्रपति निर्वाचित हुनेले आगामी सन् २०२१ को २० जनवरीमा ‘इनागुरेशन डे’ का दिन राष्ट्रपतिको शपथ लिन्छन् । बाइडेन निर्वाचित भएका उनले आफ्नो सरकारका सदस्यहरू नियुक्त गर्न र योजनाहरू बनाउन यो संक्रमणकालीन समयलाई उपयोग गर्न पाउनेछन् । राजधानी वाशिङ्टन डीसीस्थित क्यापिटल भनिने संघीय संसद् भवनबाहिरको विशाल भर्‍याङका खुड्किलाहरूमा शपथ समारोह आयोजना गरिन्छ ।