प्रदेश सरकारद्धरा  पिडितलाई एक कोरोड र  मेलालाई ५० लाख दिने

प्रदेश सरकारद्धरा  पिडितलाई एक कोरोड र  मेलालाई ५० लाख दिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २२, २०७५

विराटनगर । बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

प्रदेश नं–१ मन्त्रिपरिषद्को हिजो चैत्र २१ बसेको बैठकले सो राहत दिने निर्णय भएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुर्व सुवेदीले जानकारी दिएका छन ।  जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति प प्रदन गरेको छ । 

साथै बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत दिएको छ । प्रदेश प्रहरीको गठन, सेवा शर्त र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान भएको, सङ्घ संस्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृति गरेको र  चैते धान विशेष सहयोग कार्यक्रम कार्यविधि, २०७५ स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को  बैठकले दोस्रो पिण्डेश्वरश्वर अर्ध महाकुम्भ मेला व्यवस्थापन मूल सहयोग समिति प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठन गरेको गरेको छ ।  बैठकले उक्त  मेलाका लागि रु ५० लाख सहयोग गर्ने निर्णय गरेको समेत प्रदेश सरकारले जनाकारी दिएको छ । 

त्यसैगरी चैत १७ गते बारा र पर्सामा भएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको जानकारी गराएको छ