लागुऔषध खैरो हिरोइनसहित एक पक्राउ

लागुऔषध खैरो हिरोइनसहित एक पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १८, २०७७

कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका–६ का ३२ वर्षीय दिनेश बोटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको ५० ग्राम खैरो हिरोइनसहित बोटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताउनुभयो । पक्राउ गरिएका बोटलाई हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको छ ।

यसैबीच प्रहरीले भारतबाट अवैधरूपमा भित्र्याइएको  एक लाख ७९ हजार १७५ मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले बेलौरी नगरपालिका–८ पचुँइबाट युरियामल ४२ बोरा, सुपरमल ११ बोरा र डिएपीमल ७९ बोरा प्रहरीले बरामद गरेको छ । 
ती सामानको मूल्य  एक लाख ४४ हजार ६०५ रहेको छ । सूर्ती, बिँडी, पापड गरी ३४ हजार मूल्यको सामानसमेत प्रहरीले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।