बैंग्लोरको हारमा पूर्णविराम लाग्ला ?

बैंग्लोरको हारमा पूर्णविराम लाग्ला ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २२, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । 

दुवै टिम खेल जित्ने दाउमा छन् । बैंग्लौरलाई कोलकाताविरुद्ध जित निकाल्न त्यति सहज भने छैन । 

चालू आइपिएलको खेल नतिजाका आधारमा बैंग्लोर सबैभन्दा कमजोर देखिएको छ । बैंग्लोर अहिलेसम्म खेलको चार खेलमा जितविहीन छ । 

यता कोलकाता भने तीन खेलमध्ये दुईमा विजयी भइसकेको छ । यस्तोमा बैंग्लोरभन्दा कोलकताको आत्मविश्वास राम्रो देखिन्छ । 

हेड टु हेडमा कोलकाता अगाडि 

यी दुई टिमबीच भएका हेड टु हेड म्याचमा पनि कोलकाता नै अघि देखिएको छ । यी दुई टिमबीच भएका २३ खेलमध्ये कोलकाता १४ खेलमा विजयी भएको छ । बैंग्लोरले ९ खेलको नतिजा मात्रै आफ्नो पक्षमा पार्न सफल भएको छ । 

लगातार चार खेल हारेको बैंग्लोरको हारको यात्रामा पूर्णविराम लाग्ला कि नलाग्ला ? त्यो भने हेर्न बाँकी नै छ ।