रोबोट र मनुष्यको द्वन्द्व विषयक उत्कृष्ट फिल्म: एआई

रोबोट र मनुष्यको द्वन्द्व विषयक उत्कृष्ट फिल्म: एआई

सरोज ज्ञवाली  |  लोकरञ्जन  |  चैत्र २२, २०७५

सन् २००१, जुनमा रिलीज भएको हलिउड सिनेमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) स्टेफन स्पेलवर्गको एउटा उत्कृष्ट सिनेमाको  कोटिमा पर्छ । सिनेमाको कथा ईयान वाट्सनले लेखेका थिए र पटकथा चाहीँ स्वयम् स्टेफन स्पेलवर्गले लेखेका थिए । १०० मिलियन डलरमा निर्माण भएको यस सिनेमाले झण्डै २३६ मिलियन डलरको कारोबार गर्ने सफलता पाएको थियो । 

यस सिनेमाको कथाबस्तु सन् १९६७ मा लिखित लघुकथा n3'syf Supertoys Last All Summer Long मा आधारित भए तापनि यस्ले २२ औं शताब्दीको भविष्य चित्रण गरेको थियो । आलोचकहरुले यस सिनेमालाई १० मध्ये औसत ग्रेड ६.६ दिए पनि सर्वसाधारणले यस फिल्मलाई अति नै रुचाएका थिए । 

यस सिनेमामा २२ औं शताब्दीको पृथ्वीको अवस्थालाई चित्रण गरिएकोे छ । ग्लोबल वार्मिङ तथा क्लाइमेट चेन्जले पृथ्वीको धेरैजसो समुद्रतटीय क्षेत्र डुबानमा परेका हुन्छन् र पृथ्वीमा पनि मानिसको संख्या अति न्यून रहेको हुन्छ । मानिसहरु आफ्ना धेरै कार्य रोबोट तथा मेसिनबाट गर्ने गर्छन् । त्यसबेला मानिसको संख्या भन्दा रोबोटको संख्या बढी भएकोले औद्योगिक फोहोरको मात्रा पनि बढी रहेको हुन्छ । बिग्रेका तथा पुराना रोबोटले वातावरणीय प्रदुषण बढाईरहेका हुन्छन् । 

डेभिडलाई जसरी भए पनि आफ्नो आमा मोनिकासँग भेट गर्ने इच्छा हुन्छ र उनको यो इच्छा निलपरीबाट सम्भव हुने भएकोले डेभिड निलपरीको खोजीमा लागिपर्छ । यसै क्रममा उसलाई ज्ञात हुन्छ कि ऊ वास्तविक मानिस होइन, एउटा रोबोट मात्र हो । यसले गर्दा डेभिडमा नैराश्यता आउँछ र ऊ समुद्रमा डुबेर आत्महत्या गर्ने कोशिस गर्छ । तर जो नामक रोबोटले उसलाई बचाउँछ तर डेभिड पानीमा रहेको एउटा पनडुब्बीमा थुनिन पुग्छ ।

सिनेमामा प्रोफेसर हबी नामक पात्र एउटा रोबोट निर्माण गर्ने कम्पनीमा कार्यरत हुन्छन् । प्रोफेसर हबी रोबोट तथा कृत्रिम बौद्धिकताको अनुसन्धान गरिराखेका हुन्छन् र उनी थरीथरीका रोबोटका मोडेलहरु पनि निर्माण गरिराखेका हुन्छन् । 

यसै क्रममा उनी ‘मच्चा’ नामक रोबोट परियोजनामा संलग्न हुन्छन् । यी रोबोटहरु हेर्दा दुरुस्तै मानिस जस्तै हुन्छन् र मानिस जस्तै भावना तथा संवेदना व्यक्त गर्नसक्ने क्षमता सम्पन्न हुन्छन् । यी रोबोटहरुमा विक्री गर्नुभन्दा पहिला नै खरिदकर्ताको परिवारको तथ्यांक कोडिङ्ग गरिन्छ र एकपटक कोडिङ्ग भएपछि त्यस परिवारसँग आवद्ध भावना र संवेदना मात्रै त्यस रोबोटले आदानप्रदान गर्न सक्छ । त्यस परिवारलाई किनिएको रोबोट आवश्यक नभएको खण्डमा रोबोटलाई नष्ट गर्नुपर्ने हुन्छ । किनकि यी रोबोट त्यस परिवारका सदस्यलाई कहिल्यै बिर्सन नसक्ने र पूर्ण रुपले माया तथा सहानुभूति व्यक्त गर्ने एउटा आज्ञाकारी सेवकका माफिक सँधै कार्यगर्ने प्रकृतिको हुन्छन् । 

  प्रोफेसर हबीले आफ्नो रोबोटको प्रदर्शनी गर्दा एउटा जिज्ञासु प्रश्न राख्छ, ‘हामीले भावना व्यक्त गर्ने रोबोट त बनायौं, जो आफ्नो मालिकप्रति औधी माया व्यक्त गर्छ, तर के यस्तो मालिक पनि भेट्टाउन सकिन्छ जसले आफ्नो रोबोटलाई पनि अति माया गरोस । यो प्रश्नले प्रोफेसर हबीलाई पनि अवाक बनाउँछ । ]

प्रोफेसर हबीको कम्पनीले भावना र संवेदना व्यक्त गर्नसक्ने उच्चस्तरको बच्चाको स्वरुपको रोबोट पनि निर्माण गरेको हुन्छ । यस्ता खाले रोबोट निसन्तान परिवारको निम्ति उचित हुने विश्वास राखिएको हुन्छ । ]

कम्पनीले परीक्षणको निम्ति हेनरी नामक कर्मचारीलाई एउटा रोबोट सित्तैमा दिन्छ । हेनरी र उनकी पत्नी मोनिकाको एउटा छोरा मार्टिन हुन्छ । मार्टिन एउटा दुर्लभ रोगको शिकार भएर कोमाको अवस्थामा रहेको हुन्छ । यसले गर्दा मोनिकामा नैराश्यता छाएको हुन्छ । हेनरी, बच्चा रोबोट डेभिडलाई मोनिकासँग राख्दा उनको दुःख केही हदसम्म कम होला कि भन्ने आशमा घरमा ल्याउँछ । 
मोनिकाले सुरुमा डेभिडलाई मन पराउँदिनन् । डेभिडचाँही मोनिकाको मायाको आशा गरी रहन्छ । केही समयपछि, मोनिका पनि डेभिडलाई केही हदसम्म स्वीकार्छिन् र उसलाई टेडी नामक खेलौना उपहार स्वरुप दिन्छिन् । त्यसैबेला उनको छोरा मार्टिन पनि आश्चर्यजनक तवरले ठीक हुन्छ र घरमा आउँछ । 

सिनेमाले फेरि अर्को गति लिन पुग्छ । वास्तविक मानव बच्चा मार्टिन र त्रृmतिम रोबोट बालकबीच आन्तरिक द्वन्द्व  सिर्जना हुनपुग्छ । मार्टिनलाई डेभिड पटक्कै मन पर्दैन र ऊ जसरी भएपनि डेभिडलाई घरबाट बाहिर निकाल्न चाहन्छ । यसैबीच डेभिड र मार्टिन मध्ये भएको झगडाका कारण मार्टिन पानीमा डुब्न पुग्छ । हेनरी र मार्टिन डेभिडको कारणले यस्तो घटना भएको भनी उसलार्ई घरबाट निकाल्ने निर्णय गर्छन् । 

मोनिकाले डेभिडलाई एउटा सुनसान जंगलमा लगेर छाडिदिन्छिन् । डेभिडले जंगलमा विभिन्न तवरले छाडिएका तथा फालिएका अन्य रोबोट भेट्छ । केही रोबोट अंगभंग भएका हुन्छन् र जंगलमा मृत रोबोटको थुप्रो पनि लागेको हुन्छ । डेभिडको जो नामक रोबोटसँग भेट हुन्छ । जो माथि एउटा महिलाको हत्या गरेको आरोप लागेको हुन्छ । 

डेभिडलाई जसरी भए पनि आफ्नो आमा मोनिकासँग भेट गर्ने इच्छा हुन्छ र उनको यो इच्छा निलपरीबाट सम्भव हुने भएकोले डेभिड निलपरीको खोजीमा लागिपर्छ । यसै क्रममा उसलाई ज्ञात हुन्छ कि ऊ वास्तविक मानिस होइन, एउटा रोबोट मात्र हो । यसले गर्दा डेभिडमा नैराश्यता आउँछ र ऊ समुद्रमा डुबेर आत्महत्या गर्ने कोशिस गर्छ । तर जो नामक रोबोटले उसलाई बचाउँछ तर डेभिड पानीमा रहेको एउटा पनडुब्बीमा थुनिन पुग्छ । 

अब फिल्ममा झण्डै २००० बर्षपछिको दृष्य देखाइन्छ । यहाँ पृथ्वी पूर्णरुपले हिउँले ढाकिएको दृष्य देखाइन्छ । र यस दृष्यमा मनुष्य पनि पूर्णरुपले पृथ्वीबाट लोप भइसकेका हुन्छन् । त्यसबेला उन्नत स्तरका रोबोटहरु मात्र पृथ्वीमा रहेका हुन्छन् । यी रोबोटहरुले डेभिड मार्फत आफ्नो जन्मदाता मनुष्यबारे ज्ञानप्राप्त गर्न चाहन्छन् । यी रोबोटहरुले डेभिडलाई पनि उसको इच्छा बमोजिम एकदिनका लागि भएपनि उनको आमा मार्टिनसँग भेट गराईदिन्छन् । डेभिड खुशीसाथ आफ्नो आमा मार्टिनसँग एकदिन बिताउँछ । 

 हुनत साधारण दृष्टिकोणले हेदा यो सिनेमा, बच्चाहरुको भावनामा आधारित बाल सिनेमा जस्तो लाग्छ । तर यस सिनेमाले भविष्यका विभिन्न आयामहरुलाई उजागर गरेको छ । यस सिनेमाले मनुष्यले विज्ञानको जति विकास गरेपनि मानवजन्य भावनाबाट मुक्त हुन नसक्ने कुरा देखाएको छ । अदूरदर्शी विज्ञानको विकासले गर्दा मनुष्य जीवन नै संकटमा परेको कुरा यस सिनेमामा देखाइएको छ । यस्तै प्रकारले मनुष्य र रोबोटबीच भावनाको टक्कर हुँदा हुने सम्भावित द्वन्द्वको स्वरुपलाई पनि सिनेमाले व्यक्त गरेको छ । प्रायजसो हलिउडका सिनेमाहरुले रोबोट तथा कृत्रिम बौद्धिकतालाई नकारात्मक ढंगले प्रस्तुत गर्दै आए  तापनि यस सिनेमाले मानव भित्र रहेको संकुचित धारणालाई उजागर गरेको छ । यो सिनेमालाई सबै वर्गको निम्ति आकर्षक सिनेमाको रुपमा राख्न सकिन्छ । 

याे पनि

ड्रगले मस्तिष्कीय क्षमता सय प्रतिशत हुने फिल्म लुसीको नायिका सुपरम्यान बनिन

कृतिम बौद्धिकताको संसारः म्याट्रिक्स फिल्मबारे एक चर्चा

सपना भित्रको सपना फिल्म इन्सेप्सनको कल्पना