अवैध सामान बरामद

अवैध सामान बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १९, २०७७

बनियानी । झापाको मेचीनगर नगरपालिका–७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको सात लाख २१ हजार ७०० बराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

बरामद गरिएका सामानमा कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटरपार्ट्स रहेका छन् । बरामद भएको उक्त सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।