मेचीनगरमा पटकासहित दुई पक्राउ

मेचीनगरमा पटकासहित दुई पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक १९, २०७७

मेची । यसैबीच मेचीनगर–१० स्थित शान्ति समाज टोलबाट पटकासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पोचालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन् । भारतबाट नेपालतर्फ लुकाइछिपाई मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मङ्गलबार साँझ ६:४५ बजे अटोलाई नियन्त्रणमा लिएको थियो ।

जाँचका क्रममा अटोभित्र १३ बोरा विभिन्न किसिमका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका, अटो र मानिससहितलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानूनी कारवाही अगाडि बढाइएको कार्यालयले जनाएको छ ।