बौद्धबाट पक्राउ परे पुण्य गाैतम

बौद्धबाट पक्राउ परे पुण्य गाैतम

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १९, २०७७

साँखु । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो । गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।