प्रमबाट महरापत्नीका निधनमा दुःख व्यक्त

प्रमबाट महरापत्नीका निधनमा दुःख व्यक्त

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १९, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख  कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । 

आज  बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले  दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा  समवेदना व्यक्त गर्नुभएको छ ।