‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ शर्मालाइ

‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ शर्मालाइ

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १९, २०७७

पोखरा । राष्ट्रिय समाचार समिति (रासस) का पोखरा समाचारदाता जमुना वर्षा शर्मा ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित बन्नुभएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं सत्ताइसौँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले  १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाबाट उहाँलाई सम्मान गरिएको हो ।

पर्वतीय पर्यटनका साथै समग्र पर्यटनका विविध पक्षमा पत्रकारिताका माध्यमबाट योगदान पुयाएको भन्दै उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताउँदै यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवद्र्धनमा लागेको बताउनुभयो । 

कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको बताउँदै उहाँले प्रकृति, संस्कृतिका साथै साहसिक पर्यटन यहाँको विशिष्टता भएको उल्लेख गर्नुभयो । कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाका लागि सरकारले छुट्याएको  एक अर्बको कोष चाँडै नै व्यवसायीका हातमा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।