नेकपाको महाभारत : तीन नेता 'तर्साउने' 'फकाउने' 'गलाउने' र 'झुलाउने' आ–आफ्नै रणनीतिमा

नेकपाको महाभारत : तीन नेता 'तर्साउने' 'फकाउने' 'गलाउने' र 'झुलाउने'  आ–आफ्नै  रणनीतिमा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २०, २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष  केपी शर्मा ओली, पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता सङ्कटमा परेपछि एकले अर्कालाई 'तर्साउने' 'फकाउने' र 'झुलाउने  आ–आफ्नै  रणनीतिमा  रहेका छन् ।

कर्णाली प्रदेशमा आफ्नै सांसदहरूले मूख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध संसदीय दलमा राखेको अविश्वासको प्रस्तावपछि बढ्दै गएको विवाद सुल्झाउन तीन शीर्ष नेताहरुले आ–आफ्नै तयारी थाले पनि यसको खासै ठोस परिणाम भने हासिल हुन सकिरहेको छैन। 

ओली, दाहाल र नेपालका आफू निकटका समूहका नेताहरूसँग निरन्तर छलफल  जुट्दै  उनीहरू सकेसम्म एकले अर्कालाई 'तर्साउने' 'फकाउने' र 'झुलाउने विधिहरूको खोजी गरी रहेका  छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुले पार्टीको क्षति न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्  । प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल समूहमा रहेका र प्रचण्ड समूहका प्रभावशाली व्यक्तिलाई साथ लिने  पाँच बर्से शासनकाल पुरा गर्ने रणनीतिमा रहेका छन् । 

यही रणनीति अन्तर्गत  ओली पक्षका नेताहरुले माधव नेपाललाई मनाउन भगीरथ प्रयत्न गर्ने र क्षति न्यूनिकरणा प्रगति हासिल भइरहेको छैन । पाँच दिन यता उनीहरू विभिन्न समूह मार्फत पूर्व एमालेहरूलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनीकरणका लागि भनी सक्रियता जारी राखेका छन् । 

आइतबार साँझ लाजिम्पाटस्थित एक होटेलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व मन्त्री खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरूको एउटा भेलाले अबका दिनमा पार्टीलाई बढी क्षति हुन नदिने र पूर्व एमालेहरू मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकाले पनि माधव नेपालसम्म पुग्न नसक्दा समस्या भइरहेको छ ।

हाल प्रचण्ड गुटसँग मिल महाधिवेशन पूर्वका सम्पूर्ण गतिविधिमा सहकार्य गर्ने रणनीति माधव नेपाल रहेका छन् । प्रचण्डसँगको सहकार्यमा महाधिवेशन प्रतिनिधि  छनोटसम्मको सहकार्य गर्ने र त्यसपछि जनताको बहुदलीय जनवादको नारा लिएर अध्यक्ष हुने रणनीति अनुसार नै अगाडि बढी रहेका कारण पानी  प्रधानमन्त्री केपी शर्मा पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग सहकार्यमा ल्याउन नसकेको अवस्था छ । 

उनीहरूले केपी ओलीलाई पनि माधव नेपाललाई साथमा लैजानु पर्ने निष्कर्ष निकालेको कुरा भन्न सकिरहेका छैन । त्यस कारण पनि उनीहरूको निष्कर्षले खासै महत्त्व राख्ने अवस्था आइसकेको छैन । तर पनि उनीहरू निरन्तर छलफलमा लागेका छन् ।  ओली समूहका नेताहरू शङ्कर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई र सूर्य थापाको समूहले राजनीतिबाट अवकाश लिइसकेका प्रदीप नेपाललाई समेत भेटेर ओली नेपाल मिलाउने सूत्रधार बन्न आग्रह गरिसकेको अवस्था छ । 

त्यसकै भोलिपल्ट सोमबार माधव नेपाल प्रदीप नेपालकै घरमा पुगेर भेटघाट समेत गरिएका छन् । यसरी हेर्दा ओली पक्ष पछिल्ला दिनमा नेपालसँग मिल्नको विकल्प नभएको  निष्कर्षमा पुगेको सहज अनुमान  गर्न सकिन्छ । 

 उता नाम मात्रका  कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको हलसम्म माधव नेपालसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा नै रहेका  छन् ।  यसै साता  आफ्ना निकट स्थायी कमिटी सदस्यहरूसँग छलफल गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतीयै अलग अलग बसौँ सदैको कुण्ठा म सुन्न सक्दिन भनेपछि गत आइतबार वरिष्ठ नेता माधव नेपाल, झालनाथ खनाल, नारायणकाजी श्रेष्ठसँगको छलफलपछि सोमबार दाहालले आफू निकटका स्थायी कमिटी सदस्यहरूसँग परामर्श  गरिसकेका छन् । 

खुम टार निकट स्रोतका अनुसार काठमाडौँबाहिर रहेका केही स्थायी कमिटी सदस्यहरूलाई सोमबार नै काठमाडौँ आइपुग्न दाहालले आग्रह गरिसकेका छन् । त्यस क्रममा छलफलमा सहभागीहरूले दाहाललाई केही समय पर्खन सुझाव दिइएको छ ।  उनीहरूले तत्कालै माधव नेपालको साथ छाड्दा धोका दिएको ठहर्ने भएकाले तत्काल माधव नेपाललाई साथमै लिएर ओलीलाई झुकाउन कोसिस गर्नुपर्ने केही नेताहरूको तर्क भए पनि माधवसँग मिल्दा केही प्राप्ति नहुने भएकाले ओलीसँगै मिल्न पनि सुझाव दिएको बताइन्छ   ।

तर दाहालले पार्टी नै विभाजन गर्ने विषय आएकाले अप्ठेरो परेको यसको के निकास हुनसक्छ भनेर आफू निकटका नेताहरूसँग परामर्श गरेका थिए । तर दाहाल अझै दोधारमा रहेकाले पार्टी काम भन्दा प्रधानमन्त्री कुर्सीमा नै बढी ध्यान दिइरहेका  छन् । उनले गत शनिवारदेखि ओलीसँग कुनै पनि प्रकारको संवाद गरेका छैनन् ।

प्रधानमन्त्री केपी शर्माले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टी पङ्क्ति र सरकारमा पूर्णतः उपेक्षा गरेको महसुस गरेको अवस्थामा आफ्नो उपस्थितिलाई सशक्त बनाउने तयारीमा लागेका कारण कर्णालीमा मूख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा ओली पक्षसँग मिलेका थिए ।

तर आफ्ना समूहका मान्छेलाई मन्त्री बनाउने अवस्था आएपछि भने नेपाल समूहले मूख्यमन्त्री शाहीसँग मिलेरै ओली समूहलाई धक्का दिन सफल भए । जसको असर केन्द्रमा समेत पर्‍यो  । पार्टी र सरकार दुवैबाट पेलिएको महसुस भएपछि दाहालसँग मिलेर वा आफ्नै समूहले मात्र भए पनि प्रदेश सरकारमा आफ्नो सहभागी जनाउने तयारीमा रहेको ओली पक्षलाई महसुस गराइएको छ ।  

हाल प्रचण्ड गुटसँग मिल महाधिवेशन पूर्वका सम्पूर्ण गतिविधिमा सहकार्य गर्ने रणनीति माधव नेपाल रहेका छन् । प्रचण्डसँगको सहकार्यमा महाधिवेशन प्रतिनिधि  छनोटसम्मको सहकार्य गर्ने र त्यसपछि जनताको बहुदलीय जनवादको नारा लिएर अध्यक्ष हुने रणनीति अनुसार नै अगाडि बढी रहेका कारण पानी  प्रधानमन्त्री केपी शर्मा पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग सहकार्यमा ल्याउन नसकेको अवस्था छ । 

पार्टीभित्र ओलीले आफूहरूलाई पेलेर भित्तामा पुर्‍याएको भन्दै नेपाल निकट नेताहरुले जसरी पनि ओलीलाई आत्मालोचना गराउने र झुकाउने रणनीति बनाएपछि ओली समूह झस्किएको थियो । तर पनि ओली भने अहिले नै माधव नेपालसँग मिलेर जान सकिने अवस्था नभएको भन्दै आफ्ना समूहलाई सजग रहन आग्रह गर्दै आएका छन् । यसले गर्दा नेकपाभित्र तीन नेताहरू एकले अर्कालाई 'तर्साउने' , 'गलाउने' र 'फकाउने' नीतिमा लागेका छन् ।