दीपावली पर्व नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा कडाइ

दीपावली पर्व नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा कडाइ

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २०, २०७७

तनहुँ । दीपावली पर्व नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । दीपावलीको समयमा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो । 

विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । 'सवारी चेकजाँच कार्यलाई कडाइ पार्न थालिएको छ', उहाँले भन्नुभयो, 'चेकजाँचका क्रममा शङ्कास्पद सवारी तथा व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गरिएको छ ।'

जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जीपमा रहेको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा चेकिङ कार्यलाई तीव्रता दिन थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।