दुई लाखसहित सात जुवाडे पक्राउ

दुई लाखसहित सात जुवाडे पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक २०, २०७७

तनहुँ । तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब  दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जुवाडेको साथबाट एक लाख ९७ हजार ९५० रुपैयाँ समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । जुवा खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा  खटिई गएको टोलीले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिका–११ बस्ने दीपक श्रेष्ठ, दीपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० बस्ने मोतीकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ बस्ने टेक छन्त्याल र  पर्वत जिल्लाको  बालकोट– ४ बस्ने रवि गुरुङलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।