शुद्ध  पानीको व्यवस्था नहुँदा खोलाको  पानी उपभोग गर्न बाध्य

शुद्ध  पानीको  व्यवस्था नहुँदा खोलाको  पानी उपभोग गर्न बाध्य
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २०, २०७७

उदयपुर  । कटारी नगरपालिका ७ रिस्कुका स्थानीय तावा खोलाको  पानी उपभोग गर्न बाध्य हुँदै आएका छन् ।  हालसम्म शुद्ध  पानीको अन्य व्यावस्था नहुँदा स्थानीय खोलाको पानी उपभोग गरिरहेका जनाइएको छ ।  स्थानीय पूर्णबहादुर दनुवार भन्नुहुन्छ,'खानेपानीको अन्य विकल्प छैन ।  खोलाको पानी खान बाध्य छौँ । '
स्थानीय पञ्चमान दनुवारले  खोलाको पानी उपभोग गर्दा  बिरामी हुने गरेको जानकारी दिनुभयो ।  कटारी ७ रिस्कुका वडाध्यक्ष धनबहादुर दनुवारले खोनेपानीको उचित प्रबन्ध गरिने लागेको जानकारी दिनुभयो ।