कर्णालीमा देउसीभैलो खेल्न पूर्ण रुपमा निषेध

कर्णालीमा देउसीभैलो खेल्न पूर्ण रुपमा निषेध

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २०, २०७७

खलङ्गा । नजिकिदै गरेको पर्व तिहारमा खेलिने देउसी भैलो खेल्न कर्णालीमा पूर्ण रुपमा निषेध गरिने भएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहार पर्वमा सुरक्षा सर्तकता अपनाएर घरभित्र बसी टीका लगाउन दिने र देउसी र भैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो ।

बैठकले पर्वको बेला जात्रा मेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने समेत निर्णय गरेको हो । कोरोना रोगको सङ्क्रमण दिनप्रतिदिन समुदायमा फैलिसकेकोले नियन्त्रण र उपचारका लागि कठिन हुने भन्दै बैठकले प्रचारप्रसारमा तीब्रता दिन सरोकारवाला निकायलाई तदारुकताका साथ खटाउने व्यवस्था मिलाउने समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।   

बदलिदो मौसम, नजिकिएको तिहार, छठ , प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई सचेत बन्न समेत बैठकले निर्णय गरेको केन्द्रले जनाएको छ ।

 कोभिड सङ्क्रमण अवस्था र समुदायमा यसको प्रभाव तिहारसम्म के कस्तो रहन्छ त्यसको आँकलन गरेर नियन्त्रण र उपचारको योजना अर्को बैठकमा पेश गर्न मन्त्रालयलाई बैठकले निर्देश गरेको छ ।