डिशहोमको डवल धमाका अफर दिपावलीको अवसरमा पनि

डिशहोमको डवल धमाका अफर दिपावलीको अवसरमा पनि

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २०, २०७७

ललितपुर । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले  'डिसहोममा डिलर  दाइको  डिस्काउण्ट' नामक अफर सञ्चालन गरिरहेको  जनाएकाे छ । 
यसै अफरलाई डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाइ मार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा साप्तािहक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा साप्तािहक लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक /एक लाख नगद उपहार यस अफर मार्फत जित्नु  सकिने जनाइएकाे छ ।

साप्तािहक लक्की ड्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको CAS ID को आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुने समेत जानकारी गराइएको छ ।

अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने र  ।फण्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न समेत आब्हान गरेकाे छ ।