धुम्म कालो बादल, बिहानैदेखि मौसम बदली

धुम्म कालो बादल, बिहानैदेखि मौसम बदली

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

काठमाडौं । शनिबार बिहानै काठमाडौं उपत्यकासहित देशभरिकै मौसममा परिवर्तन आएको छ। पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवायुयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण शनिबार बिहानै काठमाडौंसहित देशभरको मौसममा खरामी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबारदेखि देशभरको मौसममा परिवर्तन भएको हो । मौसम परिवर्तनका कारण शनिबार बिहानैदेखि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा अँध्यारो हुने गरि  कालो बादल देखिएको छ ।

महाशाखाका अनुसार काठमाडौंमा मात्र नभइ देशका अन्य स्थानहरुमासमेत  पानी परिरहेको छ ।

विशेष गरि तराईको क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । महाशाखाका अनुसार उच्च हिमाली भू(भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।