न्यायाधीश सिफारिस, न्यायमूिर्तिबाटै विराेध

न्यायाधीश सिफारिस, न्यायमूिर्तिबाटै विराेध

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

काठमाडौं - न्यायाधीश सम्मेलनको अन्तिम दिन शुक्रबार भर्खरै गरिएको १८ न्यायाधीश सिफारिसलाई लिएर सहभागीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिकाको आलोचना गरेका छन्। प्रधानन्यायाधीश राणा अध्यक्ष रहेको न्याय परिषद्ले गरेको सिफारिसबाट न्याय सेवाबाटै आई जिल्ला र उच्च अदालतमा न्यायाधीश भएकाको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुने सम्भावना समाप्त पारिएको भन्दै सहभागीले तीव्र आक्रोश पोखेका छन्।

प्रज्ञाभवन कमलादीमा बुधबार सुरु भएको न्यायाधीश सम्मेलन समापनअघि सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशले अहिले गरिएको नियुक्ति सिफारिसबाट न्यायालयप्रतिको जनआस्था अभिवृद्धि हुन नसक्ने धारणासमेत व्यक्त गरे। सर्वोच्चका न्यायाधीशहरू ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, प्रकाश राउत, सपना प्रधानलगायतले न्यायालयको मर्यादा राख्न सुझाव दिएका थिए। आजको नागरिक दैनिकमा खबर छ ।