विजयपुर गढी कसको ?

विजयपुर गढी कसको ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

धरान । डेढ शताब्दीअघि मणि मुकुन्द सेनको राज्य विस्तारसँग जोडिएको ऐतिहासिक स्थल विजयपुर गढी क्षेत्रमा मनलाग्दी जग्गा हडप्ने प्रक्रिया र सुकुम्बासी बसोबास बढेको छ । राजनीतिक पहुँच र प्रभावका भरमा जग्गा हडपिँदा विजयपुर दरबार तथा गढी झन्डै एक बिघा क्षेत्रफलबाट खुम्चिएर केही कट्ठामा सीमित भएको छ ।

गढीको माथिल्लो पर्खालमा पुग्न पूर्वअञ्चलाधीश अम्बिकाप्रसाद श्रेष्ठको घरगेट नाघेरजानुपर्छ भने आसपासका जग्गामा विभिन्न संरचना निर्माण भइरहेका छन् । ऐतिहासिक स्थलको सग्लो नक्साअनुसार २०१७ सालमा भएको नापीमा ‘ऐलानी ब्लक’ देखिन्छ । ‘२०४६ अघिसम्म गढी क्षेत्र सुरक्षित थियो,’ गढीसँग घर जोडेरबसेका अम्बिकाप्रसादका छोरा सम्राटले कान्तिपुरसँग फोनमा भने, ‘त्यसपछि कहिले सुकुम्बासी बस्तीका नाममा, कहिले अरू नाममा गढीको जग्गा मिचिएको छ ।’

उनले आफ्नो घरदेखि २ कित्ता अगाडि गढी क्षेत्र रहेको दाबी गरे । सम्राटले धरानका तत्कालीन उपमेयर कृष्णनारायण पालिखेले गढी नजिकैको केही जमिन गुम्बाका लागि बेचेको र अरू जमिन पनि किनबेच भइरहेको बताए । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।