कोरोना भाइरसको प्रकोपका कारण डेनमार्कबाट बेलायत आवागनमा प्रतिबन्ध

कोरोना भाइरसको प्रकोपका कारण डेनमार्कबाट बेलायत आवागनमा प्रतिबन्ध

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २३, २०७७

एजेन्सी । संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उक्त आवागमनमा प्रतिबन्ध लगाइएको हो ।

डेनमार्कको डेनिस मिन्क फार्ममा कोरोना भाइरसको प्रकोप बढ्दै गएका कारणले त्यहाँबाट बेलायतमा हुने गरेको आवागमनमा प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् । त्यस फार्ममा ठूलो संख्यामा पशु चौपाया पनि रहेको र त्यहाँ कोरोना भााइरसको प्रकोप फैलिएको अनुमान गरिएको थियो । त्यसैले बेलायतले डेनमार्कबाट आउने नागरिकलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाएको बताएको छ । 

पछिल्लो समयमा बेलायतमा पनि ठूलो संख्यामा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । जसका कारणले बेलायतमा पनि ठूलो मात्रामा प्रतिबन्धहरु लगाइएको छ । 

शनिबारबाट आगामी १४ दिनसम्मका लागि डेनमार्कबाट आउने नागरिकहरु बेलायत प्रवेश गर्न नपाउने बनाइएको छ । बेलायतको सीमा सुरक्षा बललाई डेनमार्कबाट आउने नागरिकलाई प्रवेश गर्न नदिन आदेश दिएको जनाइएको छ । 

आगामी १४ दिनसम्मका लागि डेनमार्कमा रहेका बेलायती नागरिकलाई पनि प्रतिबन्ध लगाइने बेलायतको अध्यागमनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् ।