स्वास्थ्य चौकीलाई ग्रामीण अस्पतालको रुपमा विकसित गरी चिकित्सकीय सेवा शुरु

स्वास्थ्य चौकीलाई ग्रामीण अस्पतालको रुपमा विकसित गरी चिकित्सकीय सेवा शुरु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक २३, २०७७

धादिङ । खनियाबास गाउँपालिकाले दार्खा स्वास्थ्य चौकीलाई ग्रामीण अस्पतालको रुपमा विकसित गरी चिकित्सकीय सेवा शुरुआत गरेको छ । अस्पताल सञ्चालनको लागि आवश्यक स्वास्थ्यकर्मी तथा भौतिक पूर्वाधार व्यवस्थापन गरी  अस्पताल शुरुआत गरिएको जनाइएको छ । 

मेडिकल अधिकृत, रेडियोग्राफर, ल्याब टेक्निसियन तथा नर्स लगायतका  नयाँ जनशक्ति  भर्ना गरिएको र पन्ध्र  श्ययाको अस्पताल सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आइतबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले वाग्मती प्रदेश सरकारले पाँच श्ययाको अस्थाइ कोभिड –१९  अस्पताल बनाउन सहयोग उपलब्ध गराएको र गाउँपालिकाले आफ्नो लगानी गरेर अस्पतालको रुपमा विकास गरिएको बताउनुभयो । जिल्लाको विकट क्षेत्रमा सरकारी तवरबाट अस्पताल सञ्चालन भएपछि स्थानीयवासीले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् ।