महासङ्घद्धारा दुःख व्यक्त

महासङ्घद्धारा दुःख व्यक्त

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २३, २०७७

काठमाडाैं । नेपाल पत्रकार महासङ्घले महासङ्घका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक हरिहरसिंह राठौरलाई मातृशोक परेको प्रति दुःख व्यक्त गरेको छ । महासङ्घका सचिव रामप्रसाद दाहालले आज विज्ञप्ति जारी गरी स्व आमाप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । 

उहाँकी ८७ वर्षीया आमा त्रिपुरासिंह राठौरको आज बिहान जाजरकोटको भेरी नगरपालिका–३ थाप्लेस्थित निवासमा निधन भएको हो । स्व राठौरका दुई छोरा र दुई छोरी हुनुहुन्छ । केन्द्रीय सदस्य राठौर स्व राठौरको जेठा छोरा हुनुहुन्छ ।