आगलागीमा १५ लाखको क्षति

आगलागीमा १५ लाखको क्षति

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २४, २०७७

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

विद्युत् चुहावट भई आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपति साहको पाँच वटा घर, घरमा रहेको सुनचाँदीको गरगहना, अन्नपात, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।