चल्ला बचाउन बालक अस्पताल पुगेपछि !

चल्ला बचाउन बालक अस्पताल पुगेपछि !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

भारतको मिजोरम राज्यको साइरंग निवासी एक बालकले साइकल खेल्ने क्रममा सानो चल्ला किचेपछि उपचारका लागि अस्पताल लगेका छन् । 

गल्तीले चल्ला किचेपछि ६ वर्षीय डेरेक निकै आत्तिए र चल्ला च्यापेर अस्पताल तिर लागे । 

उनको यस अवोध केटाकेटीपनका लागि उनी अध्ययनरत स्कूलले उनलाई सम्मान पनि गरेको छ । 

अस्पतालले विना रकम उपचार प्रदान गर्दैन भन्ने बुझेर उनले एक हातमा दश रुपैयाँको नोट र अर्को हातमा चल्ला बोकेर अस्पताल पुगेका थिए । 

अस्पताल पुगेर उनले त्यो चल्ला बचाउनका लागि डाक्टरहरुलाई अनुरोध गरेका थिए । 

यस कुरालाई शिलांग विश्वविद्यालयका प्राध्यापक संगा ले सामाजिक संजालमा शेयर गरेका हुन् ।  

त्यसपछि डेरेक सामाजिक संजालमा भाइरल भएका थिए । 

डेरेक का बाबु धिरज क्षेत्री जो पेशाले किसान हुन्, उनले प्राध्यापक संगालाई बताए अनुसार, ‘डेरेक साइकल खेल्दै थिए, खेल्ने क्रममा उनको साइकलले चल्लालाई किच्यो र उनले बाबुसँग चल्लालाई अस्पताल लैजान पैसा मागे । उनलाई यो पनि थाहा थिएन कि साइकलले किचेर चल्लाको देहान्त भैसकेको थियो ।’

अस्पतालबाट फर्किए पछि पनि डेरेक चल्लालाई बचाउन सय रुपैयाँ लिएर पुनः अस्पताल जाने ढिपी गर्दै थिए । केही सिप नलागेपछि उनका आफन्तले उनलाई चल्ला मरिसकेकोले  अब उपचार नहुने भनेर सम्झाउनु परेको थियो । 

एजेन्सीको सहयोगमा