दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जना पक्राउ

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जना पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक २४, २०७७

ललितपुर । महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको १ थान दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ भर भएका २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टिकाथली बस्नेहरु भोजपुर ट्याम्केमैयु गाउँपालिका-२ घर भएका ४१ वर्षीय सन कुमार राई, खोटाङ दिक्तेल नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर, ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका-४ घर भएका ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका-३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् ।  

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित दिपक लिम्बुको कोठाबाट उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला वन कार्यालय ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।