भरुवा बन्दुक सहित पक्राउ

भरुवा बन्दुक सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  कार्तिक २४, २०७७

डोटी । पुर्वी चौकी गाउँपालिका-६ पाले वन ठुलाखोलाबाट १ थान भरुवा बन्दुक सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-६ गाजँरी बस्ने ३७ वर्षीय गणेश कुंवर, ३४ वर्षीय झलक कुंवर र ३० वर्षीय छत्र बहादुर कुंवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटी र प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।