कांग्रेसले सम्झौता गर्ने

कांग्रेसले सम्झौता गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २३, २०७५

काठमाडौँ । अन्ततः अनेक उतारचढाव पछि अरविन्द केजरीवालको आम आदमी पार्टी र काँग्रेसबिच चुनावी गठबन्धन हुने भएको छ । 

काँग्रेस अध्यक्ष राहुल गान्धीले दिल्ली स्थित निवासमा यसका लागि बैठक बोलाएका छन् । बैठकमा दिल्ली प्रदेश काँग्रेस कमेटीका अध्यक्ष शीला दीक्षित र दिल्ली काँग्रेस प्रभारी पेसी चाको लगायतका नेताहरू सहभागी हुँदैछन । 

दिल्लीको काँग्रेस अध्यक्ष शीला दीक्षित सुरु देखि नै केजरीवालको आम पार्टीसँग गठबन्धन गर्ने पक्षमा थिइनन् । तर चुनाव नजिकिँदै जाँदा काँग्रेसको पक्षमा स्थिति सुधार हुने सङ्केत नदेखिएपछि काँग्रेस आमपार्टीसँग गठबन्धन गर्ने सोचमा पुगेको हो । 

शनिवार साँझसम्म दुवै दलले यो सम्बन्धी घोषणा गर्ने सम्भावना रहेको छ । काँग्रेस दिल्लीका सात सिट मध्ये ३ सिटको माग गर्ने मनस्थित बनाएको छ । हरियाणा राज्यमा काँग्रेसले केजरीवाललाई एक सिट दिने लचकता देखाएपनि पंजाव राज्यमा जहाँ काँग्रेस बलियो स्थितिमा छ । त्यहाँ काँग्रेस आपलाई कुनै पनि सिट दिने सोचमा छैन । 

राहुल गान्धी र पिसी चाको पार्टीसँग सम्झौता गर्न इच्छुक छन् भने शीला दीक्षित यसको खिलाफमा रहेकी छन् । राहुल गान्धीले शीला दीक्षितको चित्त बुझाउन सकेको खण्डमा काँग्रेस र आम पार्टीको गठबन्धन हुने निश्चित भइसकेको छ ।