पाँच श्याको कोभिड अस्पताल सञ्चालन

पाँच श्याको कोभिड अस्पताल सञ्चालन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक २४, २०७७

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा  पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ ।  सो अस्पतालमा अहिले  आइसोलेसनका लागि श्या मात्र राखिएको छ ।

गाउँपालिका अध्यक्ष न्यौपानेले भन्नुभयो 'विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ ।' तातोपानी कोभिड अस्पताल जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये पहिलो बनेको अस्पताल हो । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने उहाँले जानकारी दिनुभयो । 
  
 केन्द्र सरकारले कोभिड अस्पताल निर्माणको लागि १० लाख  पठाएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाइँ कोरोना सङ्क्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने बताउनुभयो । सो अस्पातलमा अहिले दुई  नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

 गत चैतदेखि १२ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये पाँच जना निको भएर घर फर्किसकेका छन् ।  गाउँपालिकाभरी  ८०० भन्दा बढीको पिसिआर परीक्षण गरिएको छ ।  गाउँपालिकामा ५० श्यायको आइसोलेसनसमेत स्थापना भएको छ । 

कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दासमेत मेडिकल अधिकृत भेटिएकाका छैनन् । यसका कारण चिकित्सकीय सेवा दिन सकिएको छैन् । यहाँका हरेक गाउँपालिकामा पाँच श्यायको कोभिड अस्पताल निर्माण गर्ने परिपत्र र बजेट स्थानीय तहमा आए पनि अन्य स्थानीय तहले अस्पताल निर्माण गर्न सकेका छैनन् ।

गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीय बताउँछन् । उनीहरु अब सङ्क्रमितको पनि गाउँमै रेखदेख, नियमन र उपचार हुने भन्दै स्वास्थ्यका हिसाबले निकै राम्रो भएको अनुभूति भइरहेको स्थानीयवासी लकं बुढाले जानकारी दिनुभयो ।