काँग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना

काँग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २५, २०७७

गण्डकी । नेपाली काँग्रेसका महामन्त्री डा।शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीले गर्नुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । महामन्त्रीसँगै अन्य केन्द्र र जिल्लास्तरका नेता पनि केसीको निवासमा पुग्नुभएको थियो । 

सोही अवसरमा नेपाल प्रेस युनियन कास्कीले सुप्रेम शारदा पत्रकारिता पुरस्कारका संस्थापक केसीप्रति समवेदना व्यक्त गरेको थियो । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले केसीका परिवारजनमा समवेदनापत्र हस्तान्तरण गर्नुभयो ।