प्लेन दुर्घटनामा मरेकी मित्र केक लिएर आइपुगिन् !

प्लेन दुर्घटनामा मरेकी मित्र केक लिएर आइपुगिन् !
विज्ञान कथा भाग- ५

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र २३, २०७५

मृत्यु होइन उनको निर्वाण हुन्छ, देवराजले भन्नु भयो । 

 देवराज हजुरले हामीलाई ‘चीट’ गर्नुभयो । हजुरलाई विमान दुर्घटना हुने थाहा थियो । हजुरले नै उनलाई आजको टिकट लिन प्रेरित गर्नुृभयो । यो कस्तो मित्रता निभाउनु भयो ? अन्तिम समयमा पनि तपाईँले चाहेको भए ‘क्लोन’ नै विमानमा जाने थियो । कति उपाय थिए उनलाई जोगाउने ............ । 

ऐ, ऐ के भन्नु भयो तपाईँले, दस मिनेटभित्र दुर्घटना हुन्छ । तपाईँले चाहनुभयो भने अहिले पनि उनलाई जोगाउन सक्नुहुुन्छ । तपाईँ उनलाई विमानबाट झिकेर ल्याउन समर्थ हुनुहुन्छ । आवेगमा बोल्दा बोल्दै मैले देवराजलाई तपाईँ सम्बोधन गरेछु । 

 शान्त होउ वत्स ! शान्त होउ, नीलोत्तमाको जीवनयात्रा यति नै थियो । तिमीले शायद विश्वास पनि गर्दैनौ होला, नीलोत्तमालाई ‘एअरपोर्ट’ मा विदा गर्दासम्म यो संयोग बारे मलाई पनि भान थिएन् । फर्केर आए पछि मात्र संज्ञानमा आयो । हो, यो सत्य हो पहिला भान भएको भए पनि म त्यसलाई बदलिने चेष्टा गर्ने थिइन् । 

तपाईँ देवताहरु निष्ठुर हो, त्यसैले होला मानवले ढुंगाको मूर्ति बनाएर पूज्छ । ढुंगा नै हो तपाईँ देवताहरु । 

 ढुुंगा पनि हो देवताहरु, ज्वालामुखीको लावा पनि, एटम, क्वांटा, प्लाज्मा पनि, अमीबादेखी मनुष्यसम्मको समस्त फैलाव देवता नै हो । तिमी मनुष्यहरुले आफ्नो अंहकाररुपी अज्ञानमा यो सर्वविदित तथ्यलाई बिर्सेको छौ । भेदमा अल्झिएर आफूलाई सर्वश्रेष्ठ र प्रकृतिको रचनाधर्मिताबाट आफूलाई बेग्लै ठानेका छौ । तिमीले देखेका थिएनौ पशुपतिनाथको ढुंगे लिंगमा कसरी सदाशिव विराजमान हुनुहुन्थ्यो ? 

जड लिंग नै चेतन शिव एवम् चेतन शिव नै जड लिंग होइन र ? भेद तिमी मानवले सिर्जना गरेको हो, हामी देवता अथवा प्रकृतिसँग भेददृष्टि छैन् । नीलोत्तमा शरीरको इकाईमा रहनु अथवा समष्टिमा विसर्जित हुनु प्रकृतिका लागि दुख र सुख अथवा हर्ष एवम् विषादको विषय नै होइन् । 

देवराजको आदेशमा मैले आखाँ चिम्लेर उनीसँग विताएका स्वर्णिम पल सम्झिंदै मनमनै उनलाई नवयात्राको शुभकामना दिएँ, विदा, विदा, विदा नीलोत्तमा । म एउटा नीलोत्तमालाई लौकिक जीवनबाट विदा दिई रहेको थिएँ ।  यता निलोत्तमाको स्वर सुनियो, ‘केक खोज्न पूरा ठमेल घुम्नु पर्यो, सधै लिने पसलमा सकिसकेको रहेछ । वैशाली होटलको छेउमा रहेको पसलसम्म पुग्नु पर्यो । त्यसैले यतिको समय लाग्यो ।’   के भनौं यसलाई, प्रकृतिको लीला, देवराजको विज्ञान वा मेरो सौभाग्य ! जसलाई आँखा चिम्लेर श्रद्धाञ्जली दिईरहेको थिएँ, उनी ‘चीज केक’ लिएर उपस्थित भएकी थिइन् । 

 वत्स ! अज्ञानको मोहपासबाट मुक्त होउ र प्रकृतिको रचनाधर्मितालाई स्वयं तटस्थ प्रकृतिस्वरुप भई निर्वाध संपादित हुन देउ । पशुभाव, वीरभावलाई अतिक्रमण गरी देवभावमा आफ्नो चेतनालाई आरुढ गर । 

 क्षमा गर्नुहोस देवराज, मैले आफ्नो अज्ञानता एवम् प्रेमका वशीभूत भई हजुरलाई कटुवचन प्रयोग गरे, म आफैसँग लज्जित छु । मेरालागि अब यो कप, टेबल, भुइँमा गुडिरहेको त्यो कमिला, आकाशमा उडेको त्यो पंक्षी, यो चुरोटको बट्टा, ऊ उभिएको वेटर, ती त्यो टेबलमा बसेका युवायुवती र स्वयं हजुर देवराज र ममा कुनै भेद छैन् । रुप फरक भए पनि सबै एउटै हुन भन्ने बोध हजुरको कृपाले भयो । म नै टेबल हो, कमिला हो, पंक्षी हो, म विश्व ब्र्रह्माण्डसँग आफूलाई एकरुप भएको अनुभव गरिरहेको छु ।

 साधु वत्स ! साधु !! तिम्रो यस बोधलाई मेरो प्रणाम । अब भन के तिमी अन्तिम पटक आफ्नो मित्रलाई हेर्न चाहन्छौ ? 

 प्रभो ! ती मित्र पनि मै हुँ, उनमा र ममा फरक नै के ? मेरो एउटा रुप, एउटा मात्र किन त्यो ‘प्लेनमा’ रहेका मेरा सैयाै‌ रुप परिवर्तन हुन गइरहेका छन् । मेरा अनन्त रुप प्रतिपल विश्वमा परिवर्तित भइरहेका छन् । तटस्थ भावले यो परिवतन हेर्न बाहेक मेरो अन्य कुनै कर्म छैन् । 

   सुन्दर, अति सुन्दर वत्स ! तिमीले सार बुझ्यौ, अब विषयले तिमीलाई अल्झाउन सक्दैन । तिमी निस्पृहतामा स्थिर भयौ । म तिमीलाई आफ्नोे शिष्य स्वीकार गर्दछु । तिमी सधै मेरो प्रिय हुनेछौ । 
    मैले उठेर वंदन प्रणाम गरी देवराजप्रति शिष्य स्वीकार गर्नु भएकोमा आभार व्यक्त गरें । 

 ‘तर म एउटा दुविधामा छु वत्स ?’ देवराजले भन्नु भयो 

‘कस्तो दुविधा प्रभो ।’ मैले सोधें । 

ढुुंगा पनि हो देवताहरु, ज्वालामुखीको लावा पनि, एटम, क्वांटा, प्लाज्मा पनि, अमीबादेखी मनुष्यसम्मको समस्त फैलाव देवता नै हो । तिमी मनुष्यहरुले आफ्नो अंहकाररुपी अज्ञानमा यो सर्वविदित तथ्यलाई बिर्सेको छौ । भेदमा अल्झिएर आफूलाई सर्वश्रेष्ठ र प्रकृतिको रचनाधर्मिताबाट आफूलाई बेग्लै ठानेका छौ ।

 अब ‘क्लोन’ नै नीलोत्तमा बनी पृथ्वीमा रहनेछिन । उनको घर, परिवार र स्वयं उनलाई सक्कली निलोत्तमाको महाप्रयाणबारे अवगत हुन दिने कि ‘क्लोन’लाई नै सक्कली निलोत्तमा हुन भनी सबै घटनाक्रमलाई रहस्य नै रहन दिने ? 

 प्रभु घरपरिवारलाई थाहा भएको खण्डमा परिवारले ‘क्लोन’लाई निलोत्तमा झै स्वीकार नगर्न पनि सक्छ । यस अवस्थामा ‘क्लोन’ निलोत्तमाको, पारिवारिक, सामाजिक, आर्थिक अवसान हुन जान्छ ।  तिमी ठिक भन्दै छौ, त्यसो भए तिमी बाहेक यो रहस्यलाई रहस्य नै रहन् दिनुपर्छ । 

प्रभू ‘क्लोन’ नीलोत्तमालाई म ‘क्लोन’ हुँ भन्ने अवगत छ कि छैन ? 

  छैन, उनलाई आफू नीलोत्तमा हुँ भन्ने बोध छ । तिमीले भने पनि उनलाई विश्वास हुन्न् । 

प्रभू, त्यसो भए ‘प्लेन क्रैश’ मा नीलोत्तमा पनि परिन् भन्ने तथ्य लुकाउनु पर्छ । हुनसक्छ निलोत्तमाले ‘टिकट कन्फर्म’ गर्न जाँदा जर्मनमा आफ्नो परिवारलाई यस ‘फ्लाइट’ बाट घर फर्की रहेको जानकारी गराएकी थिइन् । मैले फोन गरेर उनको पतिलाई उनले ‘प्लेन’ ‘मिस’ गरेको जानकारी गराइदिनु पर्छ । र हजूरले ‘प्लेन’ यात्रीको ‘चार्ट’बाट उनको नाम मेटाई दिनुहोस । अन्यथा ‘प्लेन कम्पनी’ ले दुर्घटनामा पर्ने व्यक्तिको ‘लिस्ट’ जारी गर्दा उनको नाम पनि आउँछ ।

  गुड ! तिमीले ठिक भन्यौ, यस्तै गर्नु पर्छ । ल तिमी अहिले एउटा लौकिक कर्तव्यको निर्वाह गर, नीलोत्तमा अब छैनन, प्लेन पड्किएर सागरमा खस्यो । तिम्रो मित्रलाई आफ्नो ढंगले श्रद्धाञ्जली अर्पित गर । 

देवराजको आदेशमा मैले आखाँ चिम्लेर उनीसँग विताएका स्वर्णिम पल सम्झिंदै मनमनै उनलाई नवयात्राको शुभकामना दिएँ, विदा, विदा, विदा नीलोत्तमा । म एउटा नीलोत्तमालाई लौकिक जीवनबाट विदा दिई रहेको थिएँ । 

यता निलोत्तमाको स्वर सुनियो, ‘केक खोज्न पूरा ठमेल घुम्नु पर्यो, सधै लिने पसलमा सकिसकेको रहेछ । वैशाली होटलको छेउमा रहेको पसलसम्म पुग्नु पर्यो । त्यसैले यतिको समय लाग्यो ।’ 
 के भनौं यसलाई, प्रकृतिको लीला, देवराजको विज्ञान वा मेरो सौभाग्य ! जसलाई आँखा चिम्लेर श्रद्धाञ्जली दिईरहेको थिएँ, उनी ‘चीज केक’ लिएर उपस्थित भएकी थिइन् । 

 देवराजले ‘केक’ खाँदै भन्नु भयो, ‘पृथ्वी यात्राको मेरो अन्तिम ‘केक’ । 

मैले निलोत्तमालाई सोधें, तिमीले घरमा आजको ‘फ्लाइट’ले आउँदै छु भनी फोन त गरेकी थिएनौ ? गरेको भए म आइन भनी जानकारी गराई दिनुपर्छ । 

   मैले ‘एअरपोर्ट’बाट फोन गरेकी थिएँ, अब नआएको भनी गरि दिन्छु । तर देवराज त्यो सब के थियो, ती मेरै रुपको महिलाको थिइन ? मेरा सारा लुगा फाटो, पासपोर्ट त उनैसँग गयो । 

  देवराजले हाँस्दै भन्नु भयो, त्यो सब मेरो खेल थियो, तिमी मैले भनेको मान्छौ कि मान्दैनौ भनी जाँचेको थिएँ । 

यसको मतलब ती महिला, म ‘एअरपोर्ट’ जानु, एअरपोर्टमा तपाईँहरु आएर ‘बोर्डिंग पास’ उनलाई जिम्मा लाउनु सबै तपाईँको ‘ब्लैक म्याजिक’ थियो । तर मेरो ‘पासपोर्ट’ त मलाई चाहिन्छ, देवराज ।  देवराजले आफू बसेको कुर्सीको दाहिनेतिर देखाउँदै तिम्रो सबै सामान यहाँ छ भन्नु भयो । 

आफ्नो सबै सामान त्यहाँ हेरेर नीलोत्तमा प्रसन्न भईन् । आफ्नो स्वभाव अनुसार हाते ‘ब्याग’ बाट सानो पर्स झिकी ‘पासपोर्ट र क्रेडिट कार्ड’ चेक गरिन् र भनिन् यति भए पछि अरु हराए पनि फिक्री छैन् । आजको दिन व्यर्थमा ‘एअरपोर्ट’ को चक्कर लगाउनमा वित्यो । 

म उनको सारा गतिविधि हेरेर सन्तुुष्ट थिएँ कि उनी ठयाक्कै नीलोत्तमा कै व्यवहार गरी रहेकी थिइन् र उनलाई आफू ‘क्लोन’ भएको किंचित पनि भान थिएन् । र, दिनभरको सारा गतिविधिलाई उनले देवराजको लीला ठानेर सहज स्वीकार गरेकी थिइन् । 

  देवराजले एक पाइला अघि सरेर भन्नुभयो, निलोत्तमा तिमीले मेरो प्रस्थान पछी बुझ्ने छौ मैले अन्तिम समयमा ‘एअरपोर्ट’ आएर तिमीलाई ‘प्लेन’ चढ्न किन दिइन् ! बाँकीको कुरा तिमीलाई तिम्रा मित्रले बुझाउने छन् । अब मेरो जाने बेला भयो, तिमीहरुको केही अन्तिम इच्छा छ भने भन ..........।
  

देवराज, हजूरको कृपाले हामीलाई धेरै ज्ञान प्राप्त भयो, हाम्रो कुनै इच्छा छैन । हजूरको आर्शीवाद पाइयोस, हजुरको कृपादृष्टि हामी माथि भइरहोस भनी हामीले देवराजलाई सास्टांग दण्डवत गर्यौं । हामीलाई पृथ्वीमा बाँचुन्जेल ज्ञानमय र आनन्दमय जीवन जिउने आशीर्वाद दिई देवराजले प्रस्थान गर्नु भयो । 

  देवराजलाई आफू सामु नदेखे पछि नीलोत्तमाले मलाई अंकमाल गरी धेरै बेरसम्म अश्रु बगाई रहिन् । 

याे पनि

स्वर्गदेखि ठमेलको कफिसपसम्म

पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म

‘ओह यो हो कीमिया’

महिला मित्र उनको क्लोन देवराज र म