कोरोना खोपको चर्चा पछि ह्वात्तै घट्यो सुनको मूल्य

कोरोना खोपको चर्चा पछि ह्वात्तै घट्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २५, २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कोरोना खोपको चर्चा हुने बित्तिकै सुनको मूल्य ह्वात्तै घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज कार्तिक २५ गते सोमबार छापावाला सुनको मुल्य तोलामा ३ हाजर ४ सयले घटेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । 

यसअघि सोमबार छापावाला सुन तोलाको  ९८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । 

त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलाको  ७० ले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।