बालुवाटार र खुमलटारमा पाक्ने खिचडीको स्वाद चाख्न कार्यकर्ता आतुर !? नेता भने शक्तिलाई सञ्चयमा !!

बालुवाटार र  खुमलटारमा पाक्ने खिचडीको  स्वाद चाख्न कार्यकर्ता आतुर !? नेता भने शक्तिलाई सञ्चयमा !!

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २५, २०७७

सरकार बनाएको दुई वर्ष ६ महिनापछि आन्तरिक विवादमा रुमलिदै  फुटको संघारमा पुगेको सत्तादल नेकपा फुटिहाल्न त पाएन तर पार्टीका नेताहरुको समीकरण भने एकाएक फेरबदलमा  पुगेको छ । दुई पार्टी एकिकरण भएर नेकपा बनेपछि समीकरण बन्ने र भत्कने क्रम निरन्तर जारी छ । 

 पूर्व माओवादीभित्र पुष्पकमल दाहाल र रामबहादुर थापाको छुट्टा छुट्टै समीकरण बनेकाे छ भने यता पूर्व एमालेभित्र माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको छुट्टै समीकरण कायम छन् । यी दुवै प्रकारको समीकरणमा टेकेर एकले अर्कालाई प्रहार गर्न क्रम बढ्दाे क्रममा छ ।  पछिल्लाे सात महिना यता यस्तो प्रहार निरन्तर चलिरहेको छ ।

दुवै पक्ष विभिन्न समूहमा बैठक र भेला गरेर केही नेता शक्ति आर्जन गर्न तल्लीन भएका छन् भने केही पार्टीलाई फुटबाट जोगाउन लागिपरेका छन् । अहिले शीर्ष नेताहरु आफ्नो गुटका भन्दा अर्को गुटका नेताहरुलाई भेट्न थालेका छन् । केहीको ध्येय विरोधी गुटका नेतालाई हातमा लिएर पार्टीमा शक्तिशाली बन्नेतर्फ ध्यान केन्द्रित गरिरहेका छन् भने केहीले पार्टीलाई विभाजन हुन नदिने लाइनमा छलफल अगाडि बढाएका छन् ।

‘चार गते, ११ गते र आइतबार भएको सामूहिक भेटमा पनि प्रधानमन्त्रीले मिलेर जाने प्रस्ताव त गर्नु भयो, तर सहमतिको ठोस खाका ल्याउनु भएको छैन,’ आइतबारको भेटमा सहभागी एक नेताले भने ‘प्रधानमन्त्रीले खाली अलमल्याउने नीति लिनु भएको बुझ्न गाह्रो छैन ।’ उता नेता नेपाल प्रचण्डले बेलाउने बैठकमा पनि सहाभागी हुन छाडेका छैनन्।

विभिन्न ठाउँमा भइरहेका भेटघाट र छलफलमा फरक–फरक स्वादका खिचडी पाकिरहेका छन् । केही नेता कार्यकर्ता भने कहाँ पाकेको खिचडी स्वादिलो होला भन्ने जिज्ञासासहित चाख्न आतुरताका साथ  प्रतिक्षामा  रहेका पाइन्छ । कहिले वालुवाटार त, कहिले  खुमलटारका भेलाले के के खिचडी पाक्यो भन्ने बारेमा जनताले सहजै थाह नपाएपनि दुवै तर्फ आफ्नो शक्तिलाई सञ्चित गर्ने  हदैसम्मको कोशिस भइरहेको छ । 

कर्णाली प्रदेश सरकार विरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सुरु भएको नेकपाभित्रको विवाद अहिले पार्टी विभाजन हुने तहसम्म पुगेको नेताहरुले बताउने गरहेका छन् ।

भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामान्तकुमार गोयलको नेपाल भ्रमण,  रिक्त मन्त्रालयमा तीन जना मन्त्री नियुक्त, मुख्यमन्त्री र मुलुकमा केही राजदूत नियुक्तीलगायतका विषयमा प्रधानमन्त्रीले एकलौटी गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी ओली प्रचण्डसँग क्रुद्ध बनेका छन् ।

झण्डै दुई तिहाइ नजिक बुहमत पाएको सरकारलाई सिन्को भाँच्नसमेत नदिएको भन्दै ओली प्रचण्ड विरुद्ध क्रुद्ध भएका हुन् । यसै साता मात्रै पनि प्रधानमन्त्री ओली नेपालसहित उनको कोर टीमका सदस्यसँग बालुवाटारमा झण्डै दुई घण्टा लामो छलफल गरे । यी सबै छलफलको मुख्य उद्देश्य भनेको नेता नेपाललाई फकाउने हो । त्यसमाथि पनि प्रचण्डले गुटगत भेला गरेको र सरकार विरुद्ध षड्यन्त्र गर्न थालेको विश्लेषणसहित प्रधानमन्त्री ओली यतिबेला पूर्व एमालेलाई एकताबद्ध बनाउन लागिपरहेका छन् । आफू अप्ठेरोमा परेपछि प्रधानमन्त्री ओलीले अहिले वरिष्ठ नेता माधव नेपाल पक्षधरलाई मनाउने कसरत गर्न थालेका छन् । यो महिनामा मात्रै ओलीले नेपालसँग तीन पटक छलफल गरिसकेका छन् । कात्तिक ४ गते बालुावाटारमा नेपालसँग लामो छलफल गरेका प्रधानमन्त्री ओलीले कात्तिक ११ गतेपनि छलफल गरे ।

आइतबार मात्रै पनि प्रधानमन्त्री ओली नेपालसहित उनको कोर टीमका सदस्यसँग बालुवाटारमा झण्डै दुई घण्टा लामो छलफल गरे । यी सबै छलफलको मुख्य उद्देश्य भनेको नेता नेपाललाई फकाउने हो । ओलीले मिलेर पार्टी र सरकार चलाउने भन्दै नेता नेपालसँग सहयोगको आग्रह गर्दै आएका छन् । तर नेपाल पक्षले भने सहमतिको ठोस प्रस्ताव ल्याउन माग गर्दै आएको नेता नेपाल निकट एक नेताले बताए ।

‘चार गते, ११ गते र आइतबार भएको सामूहिक भेटमा पनि प्रधानमन्त्रीले मिलेर जाने प्रस्ताव त गर्नु भयो, तर सहमतिको ठोस खाका ल्याउनु भएको छैन,’ आइतबारको भेटमा सहभागी एक नेताले भने ‘प्रधानमन्त्रीले खाली अलमल्याउने नीति लिनु भएको बुझ्न गाह्रो छैन ।’ उता नेता नेपाल प्रचण्डले बेलाउने बैठकमा पनि सहाभागी हुन छाडेका छैनन्। प्रधानमन्त्री ओलीले आफूलाई सधैं धोका मात्र दिएको भन्दै नेपालले अहिले नै ओलीलाई विश्वास गरिहाल्न नसकिने बताउने गरेका छन् । नेकपाभित्रको सत्ता संघर्ष उत्कर्षमा पुगेका बेला नेताहरु आफ्नो पक्षमा बहुमत पुर्‍याउन र अर्को गुटका नेतालाई आफ्नो गुटमा ल्याउने कसरतमा जुटेका छन् ।

नौ सदस्यीय सचिवालयमा प्रचण्ड पक्षको बहुमत देखिएको छ । गत शुक्रबार प्रचण्डले पार्टी कार्यालयमा बोलाएको अनौपचारिक बैठकमा पाँच जना सदस्य उपस्थित भएका थिए । अहिले पार्टी कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा परेपछि ओली निकट नेताहरु अन्य गुटका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने कसरतमा जुटेका छन् । आइतबार प्रधानमन्त्री ओलीले माधव नेपाल समूहका नेतासँग बालुवाटारमा छलफल गरिहँदा सिंहदरबारमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पूर्व माओवादी स्थायी कमिटी सदस्यलाई छलफल गरिरहेका थिए ।

पूर्व माओवादीका टोपबहादुर रायमाझी, दिननाथ शर्मा, हरिबोल गजुरेलसहितका स्थायी कमिटी सदस्यसँग नेम्वाङले छलफल गरेका छन् । कतिपय नेताहरु अहिले जिल्लाबाट केन्द्रमा आइपुगेका छन् । उनीहरु सबैका ध्येय पूर्व एमालेलाई एकजुट बनाउने कसरत गर्नु हो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्व एमालेलाई एक जुट बनाउने प्रयास गरिरहेका बेला प्रचण्ड नेपाल समूह फरक रणनीति बनाउन थालेका छन । नेपाल समूह ओलीलाई अहिले नै विश्वास गर्न नसकिने अवस्थामा रहेको छ । प्रचण्ड भने पूर्व एमालेकै गुटमा खेलेर ओलीलाई सरकारबाट हटाउने गरी आफ्नो तयारी थालेपछि त्यो त्यति सहज नभएको उनकै नेताहरुले सुझाव दिएपनि ओलीलाई कचकच गर्न भने उनी नछोड्ने पक्षमा रहेका छन् ।