हैदरावाद भर्सेस मुम्बई : कसले मार्ला बाजी ?

हैदरावाद भर्सेस मुम्बई : कसले मार्ला बाजी ?
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २३, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् ।

दुवै टिम विजयी भएर आफूलाई अब्बल सावित गर्ने दाउमा छन् । तर, दुवै टिम सशक्त भएकाले कसले बाजी मार्ला सहजै भन्न सकिने अवस्था छैन । 

अंकतालिकामा हैदरवाद अगाडि 

चालू आइपिलएलको अंकतालिकामा हैदरावाद ६ अंकका साथ शीर्ष स्थानमा छ । समान अंक भए पनि कोलकाता नाइट राइडर्स, किंग्स इलेभन पञ्जाब र चेन्नई सुपर किंग्स क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छ । 

यी सबै टिमले चार खेलमा तीन खेल जितेका छन् । यद्यपि, चेन्नई र पञ्जाब अहिले प्रतिष्पर्धा गर्दैछन् । यी दुई टिममध्ये विजयी टिम शीर्ष स्थानमा उक्लनेछ । यो अवस्थामा हैदरावाद दोस्रो स्थानमा झर्नेछ । 

चालू आइपिएलमा चार खेल खेलको मुम्बई चार अंकका साथ छैठौं स्थानमा छ । हैदरावादसँगको खेल जिते मुम्बई कम्तीमा पनि पाँचौ स्थानमा उक्लनेछ । तर, हैदरावादले खेल जितेमा पुनः शीर्षमा उक्लनेछ । 

हेड टु हेडमा पनि हैदरावाद अगाडि 

मुम्बईविरुद्धको हेड टु हेडमा हैदरावाद अगाडि देखिएको छ । यी दुई टिमबीच अहिलेसम्म आइपिएलमा भएका १२ खेलमध्ये हैदरावाद ७ मा विजयी भएको छ । मुम्बईले पाँच खेलमा मात्रै आफ्नो पक्षमा नतिजा पारेको छ ।