दराज अनलाइनबाट डिशहोम खरिदमा २० प्रतिशत अर्थत ३ हजार सम्म छुट !

दराज अनलाइनबाट डिशहोम खरिदमा २० प्रतिशत अर्थत ३ हजार सम्म छुट !

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २५, २०७७

 ललितपुर । अन्तराष्ट्रीय ट्रेण्डलाई हेर्ने हो भने ११ /११ अर्थात नोवेम्वर ११ लाई २००९ देखी सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो ।

यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाइन बाट किनमेल गर्ने प्रचलन बढ्दो छ । र, नेपालमा अनलाइन विक्रिसेवा सुरु गरेको अन्तराष्ट्रिय इकमर्स साइट दराजले पनि ११ /११ लाई विशेष छुट सहित ग्राहकहरुलाई सेवा दिने  बताएको छ ।

दराज अनलाइनमा ११ /११ मा सुरुहुने सेलमा दराज अनलाइन मार्फत डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु खरिद गर्दा २० प्रतिशत छुट अथवा  ३ हजारसम्म डिस्काउण्ट प्राप्त हुने जानकारी दिएको छ । 

यो योजना दराज अनलाईमा नोवेम्बर १०,२०२० (कार्तिक २६ गते) को राती १२ बजे बाट २४ घण्टाको लागि खुल्ने समेत जनाएको छ ।

अव ग्राहकहरुले डिशहोम, डिशहोम फाईवरनेट तथा डिशहोमका अन्य उपकरणहरु दराज मार्फत अनलाइन अर्डर गर्न सक्ने समेत जनाइएको छ ।