त्रिभुवन विश्वविद्यालयको थेसिस किनबेचमा प्राध्यापककाे संलग्नता

त्रिभुवन विश्वविद्यालयको थेसिस किनबेचमा प्राध्यापककाे संलग्नता

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले आफूहरूसँग रकम बार्गेनिङ गरेको आरोप विद्यार्थीले लगाएका छन् । क्याम्पसका उपप्राध्यापक जोगिन्दर गोइतले आफैँले थेसिस तयार गरिदिने भन्दै विद्यार्थीसँग रकम मागेपछि अभिभावकले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यसँग गुनासो गरेका छन् । गोइत अकाउन्ट विषयका शिक्षक हुन् ।

प्राध्यापकहरूले थेसिस र प्रोजेक्ट रिपोर्ट आफैँले तयार गरी प्रतिविद्यार्थी १५ देखि २५ हजारसम्म रकम असुल्ने गरेको विद्यार्थीको भनाइ छ । शिक्षकले बार्गेनिङ गरेको गुनासो अभिभावकले क्याम्पस प्रमुखसँग गरेपछि यस्तो तथ्य बाहिरिएको हो । क्याम्पसका केही स्थायी, करार र आंशिक शिक्षकले समेत विद्यार्थीसँग बार्गेनिङ गरेको पाइएको छ । क्याम्पसवरिपरिका फोटोकपी सेन्टरले समेत शिक्षकसँगको मिलेमतोमा विद्यार्थीलाई थेसिस बेच्ने गरेको आरोप लाग्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।