प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक २६, २०७७

एजेन्सी । कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन हुनु भएका प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ ।  

इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो । 

फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ । इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (आइएलओ) को कार्यकारी समितिका महासचिव समेत रहनु भएका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो । 

उहाँलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । इरेकातको  तीन वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो ।

इरेकातले प्यालेस्टिनी नेता स्वर्गीय यासेर अराफात र राष्ट्रपति मोहमुद अब्बासका लागि मुख्य मध्यस्थकर्ताका रुपमा कार्य गर्नु भएको थियो । इजरायलबाट प्यालेस्टाइनलाई अलग बनाउने सन्दर्भमा भएका आन्दोलन र शान्ति वार्तामा इरेकातले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

इरेकातको सम्झनामा अब्बासले तीन दिने राष्ट्रिय शोकको घोषणा पनि गर्नु भएको छ ।