गण्डकीका चार विधेयक प्रमाणीकरण

गण्डकीका चार विधेयक प्रमाणीकरण

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २७, २०७७

पाेखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार  विधेयक प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका  विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गर्नुभएको हो ।

 ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयक, खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् । 

यसअघि ती विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गर्नुभएको थियो ।