आइपिएलमा अलजारी जोसेफको कीर्तिमान

आइपिएलमा अलजारी जोसेफको कीर्तिमान

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २४, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति मुम्बई इण्डियन्सका अलजारी जोसेफले सर्वश्रेष्ठ बलिङ फिगरको कीर्तिमान कायम गरेका छन् ।

उनले सनराइजर्स हैदरावादविरुद्धको डेब्यु खेलमा १२ रन खर्चेर ६ विकेट लिएका हुन् । 

यसअघि यो कीर्तिमान राजस्थान रोयल्सका सोहिल तनविरको नाममा थियो । तनविरले सन् २००८ को आइपिएलमा १४ रन खर्चेर ६ विकेट लिएका थिए । तनविर पाकिस्तानी खेलाडी हुन् । 

आइपिएलमा सर्वश्रेष्ठ बलिङ प्रदर्शन 

अल्जारी जोसेफ   ३.४ ओभर    ६ विकेट     १२ रन      सन् २०१९
सोहिल तनविर      ४ ओभर      ६ विकेट     १४ रन     सन् २००८
एडम जम्पा          ४ ओभर      ६ विकेट     १९ रन     सन् २०१६
अनिल कुम्ले        ४ ओभर      ५ विकेट     ५ रन       सन् २००९
इशान्त शर्मा        ४ ओभर      ५ विकेट     १२ रन      सन् २०११