चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात पर्न शुरु

चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात पर्न शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १, २०७७

गोरखा । उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिनुभयो ।

हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उहाँले बताउनुभयो ।'हिमपातसँगै चिसो पनि बढ्न थालेको छ', लामाले भन्नुभयो, 'दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ ।' उहाँले  हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिनुभयो ।

'मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ', स्थानीयबासी लामाले भन्नुभयो, 'हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाइ भएको छ ।' अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका—१ का वडाध्यक्ष बीरबहादुर लामाले बताउनुभयो । हिमपातका कारण  लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ ।