व्यासमा एम्बुलेन्स खरिदका लागि रकम सङ्कलन

व्यासमा एम्बुलेन्स खरिदका लागि रकम सङ्कलन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर १, २०७७

व्यास । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास नगरपालिका–१० ले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउने क्रम जारी छ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो ।

विभिन्न सङ्घसंस्था र व्यक्तिहरुबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि हालसम्म रु सात लाख ४० हजार सहयोग रकम जुटिसकेको उपशाखा सभापति रामदत्त पौडेल बताउनुभयो ।  सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि हालसम्म अधिकतम सहयोग गर्ने व्यास–१० दुम्सीकोट निवासी अन्जु गिरी क्षेत्रीले ५० हजार ११५ सहयोग गर्नुभएको छ ।

सोसाइटी थालेको सो अभियानमा व्यक्तिदेखि सङ्घसंस्थाहरु खुलेर सहयोगमा जुटेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । पछिल्लो समय विदेशमा रहेका नेपालीले समेत यस पुण्य कार्यमा सहयोग गर्दै आएको बताइएको छ । गत भदौ १९ गतेदेखि रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा एम्बुलेन्स खरिदको लागि अभियान थालेको हो ।