सहमति पछि मात्र खुल्ने कण्डमको प्याकेट !!

सहमति पछि मात्र खुल्ने कण्डमको प्याकेट !!

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २४, २०७५

हालै अर्जेन्टिनाको एक कम्पनीले ‘सहमति’को अवधारणामा आधारित कण्डमको विकास गरेको छ । 

यसको विशेषता के हो भने यो कण्डमको प्याकेट खोल्नका लागि दुई जनाको सहमति आवश्यक पर्छ । प्याकेट खोल्नका लागि एकैपटक चारवटा प्वाइन्टमा दवाव दिनुपर्छ ।

कण्डमको प्याकेट खोल्नको लागि चारै कुनामा एक एक वटा प्वाइन्ट बनाइएको छ र दुई/दुई हातले एकैपटक खोलेमा मात्र प्याकेट खुल्छ । 

यो कण्डम बनाउनुका पछाडी यसले सहमतिको वातावरण निर्माण गरोस र निर्णयमा पनि समान सहभागिता होस भन्ने नै हो । 

यसको निर्माण अर्जेन्टिनाको टुपलिन कम्पनीले गरेको हो । यसको प्याकेटमा ‘यदि सहमति नभए यो होइन’ भनेर लेखिएको छ । 

हाल यो कण्डम स्याम्पल को रुपमा बारहरुमा निशुल्क वितरण गरिएको छ । औपचारिक रुपमा यो कण्डम यसैवर्ष बजारमा ल्याउने जानकारी गराइएको छ । कण्डम प्रवद्र्धन गर्ने कम्पनीका

अनुसार, ‘हामीले सँधै सुरक्षित सम्बन्धको बारेमा मात्र कुरा गर्‍यौं तर अब हामीले सहमतिमा समान सुखको कुरा गरेका हौं ।’  'मि टु'   अभियान पछि कम्पनीले यो अवधारणाको विकास गरेको हो ।