महालक्ष्मीको वित्तीय साक्षरता कार्यक्रम

महालक्ष्मीको वित्तीय साक्षरता कार्यक्रम

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २४, २०७५

बर्दिया । महालक्ष्मी विकास बैंक लिमिटेड, बाँसगढी शाखाले बाँसगढीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । 

बैंकले बाँसगढी नगरपालिका–४, मटेरियास्थित नमुना आमा समूहका सदस्यका लागि साक्षरता कार्यक्रम आयोजना गरेको हो । 

बैंकका शाखा प्रबन्धक दीपेन्द्र बोहराले वित्तीय साक्षरताबारे सहजीकरण गरेका थिए । 

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंक शाखाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।