एकै रातमा एक लाख ५० हजारको क्षति !

एकै रातमा एक लाख ५० हजारको क्षति !

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २, २०७७

सिँजा । कनकासुन्दरी गाउँपालिका–२  बिताको लेखमा भालुले  बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक  २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी रतिमान रावतले बताउनुभयो ।

 लामो समयसम्म भेडा पाल्दै आउनुभएका उहाँले तिहारकै बेला यस्तो दशा आइलागेको गुनासो गर्नुभयो । वर्षाैं दिनको मेहनत एकै दिनमा जाँदा  रतिमानको परिवारमा दुःख छाएको छ ।  रारा राष्ट्रिय निकुञ्जले गर्दा भेडा पाल्नेलाई धेरै घाटा भएको उहाँ बताउनुहुन्छ । निकुञ्जबाट निस्केर भालुले धेरै भेडा मारेको खबर  पाउँदा पनि गाउँपालिका भने बेखबर भएको आरोप पनि उहाँले लगाउनुभयो ।