अस्पतालमा उपचाररत ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

अस्पतालमा उपचाररत ८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर २, २०७७

गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ । फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि  अस्पतालको आइसियूमा भर्ना गरिएको  अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।