अक्षय कुमारको ‘केसरी’लाई बक्स अफिसमा सफलता

तेस्रो हप्तामा १४० करोड कमाई

अक्षय कुमारको ‘केसरी’लाई बक्स अफिसमा सफलता

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र २४, २०७५

काठमाडौं । बलिवुड सुरपरस्टार अक्षय कुमारको फिल्म ‘केशरी’ले बक्स अफिसमा सफलता पाएको छ । 

रिलिज भएको तेस्रो हप्तामा फिल्मले १३९.७९ करोड भारूभन्दा बढी कमाइ गरिसकेको छ । 

फिल्म समीक्षक तथा विश्लेषक तरुण आदर्शले ट्विटमार्फत् फिल्मले पहिलो हप्ता १०५.८६ करोड भारु आम्दानी गरेको बताए । उनका अनुसार फिल्मले दोस्रो हप्ता ३० करोडभन्दा बढी कमाइ गरेको थियो ।

फिल्मले कमाइको गति हेर्दा यसले चाडै १५० करोड भारूको आँकडा छुन सक्ने आँकलन गरिएको छ । 

फिल्ममा अक्षय कुमारसँगै परिनिधि चोपडाले स्क्रिन सेयर गरेकी छन् । 

फिल्मको निर्देशन अनुराग सिंहले गरेका छन् ।