सन्दीपको टोलीसँग भिड्दै बैंग्लौर

सन्दीपको टोलीसँग भिड्दै बैंग्लौर

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २४, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति रोयल च्यालेन्जर्स बैंग्लौरले सन्दीपको टिम दिल्ली क्यापिटलसँग प्रतिष्पर्धा गर्दैछ ।

बैंग्लोर चालू आइपिएलको अंकविहीन छ । चालू आइपिएलका पाँच खेलमा बैंग्लौरले जित निकाल्न सकेको छैन । 

समान पाँच खेल खेलेको दिल्ली भने दुई खेल जित्दै अंक तालिकाको छैठौं स्थानमा छ । 

यस्तोमा दुवै टोली खेल जितेर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा हुनेछन् ।

हेड टु हेडमा बैंग्लौर अगाडि

यी दुई टोलीबीच भएका हेड टु हेड म्याचमा भने बैंग्लोर अगाडि देखिएको छ । यी दुई टोलीबीच अहिलेसम्म भएका २१ खेलमध्ये बैंग्लौरले १४ मा जित निकालेको थियो । यस्तै, दिल्ली ६ खेलमा विजयी भएको थियो । १ खेलको भने नतिजा आएको थिएन ।